Tuesday, May 17, 2016

More men than women are concerned about the size of genitals

More men than women are concerned about the size of genitals
महिलाहरु पुरुषको लिंगकोआकारभन्दा व्यक्तित्वमा बढी आकर्षित हुने गरेको एक अध्ययनले देखाएको छ । तर, पुरुष स्वयम् भने लिंगको आकारप्रति बढी चिन्तित हुने गरेको पाइएको छ । यो तथ्य बेलायतबाट प्रकाशित हुने युरोलोजी जर्नलमा प्रकाशित गरिएको छ । बेलायतको रोयल हालमशायर अस्पतालका डा. केभन वाइलिकाअनुसार पुरुषले ठुलो लिंग भएमा यौनप्रति आत्मविश्वास बढ्ने विश्वास राख्छन् भने महिलाहरुमा ठुलो या सानो आकारले कुनै असर गर्दैन । अध्ययनमा क्रममा ११ हजार ५ सय ३१ जनाको लिंगको आकारको नाप लिइएको थियो । त्यसक्रममा उत्तेजित लिंगको लम्बाई १४ देखि १६ सेन्टिमिटरसम्म रहेको पाइएको थियो । अध्ययनका क्रममा टोलीले लिंगको आकार बढाउन प्रयोग गरिएका विभिन्न अनौठा परम्पराबारे पनि जानकारी लिएका थिए । त्यसमध्ये ब्राजिलको टोपिनामा जाति एक थियो । ती समुदायले लिंगको आकार बढाउन ६ महिनासम्म विषालु सर्पले टोकाएर राख्ने गरेको पाइएको थियो । यस्तै, भारतीय साधुहरुले आकार बढाउन लिंगले ग¥हुंगो तौल उठाउने अभ्यास गर्छन् । यस्तै, बोर्नियोका मानिसले आफ्नो यौन साथीलाई उत्तेजित बनाउन लिंगमा प्वालपारी विभिन्न चिज राख्ने गर्छन् । अध्ययनका क्रममा ५० हजार महिलातथा पुरुषलाई पनि समावेश गरिएकोथियो । तीमध्ये ६६ प्रतिशत पुरुषले आफ्नो लिंगकोआकार सामान्य साइजकोभएको बताएका थिए भने २२प्रतिशतले ठुलो र १२ प्रतिशतले सानोभएको बताएका थिए । ८५ प्रतिशत महिलाहरुले आफ्नो यौन साथीको लिंगको आकारबाट सन्तुष्ट रहेकोबताएका थिए भने ५५ प्रतिशत महिलामात्रले आफूहरु सन्तुष्ट रहेको बताएका थिए । अर्को एकअध्ययनमा भने ९० प्रतिशत महिलाले लामोलिंग आफ्नोप्राथमिकता रहेको बताएका थिए । महिलाहरुले पुरुष आकर्षणपनि निकै जटिल कुरा भएको बताउदैं लिंगको आकार महत्वपूर्ण नरहेको बताएका थिए

14 ways to increase yaunaksamata

14 ways to increase yaunaksamata
नाइट डेटिङमा जानुस् सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस् । रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ । यसलाई छोडेर बिहेअघिजस्तै नाइट डेटिङमा जाने गर्नुस् । सिनेमाको नाइट शो हेर्न, डिनर गर्न अथवा रात अन्तै कतै बिताउनेगरी जानुहोस् । गर्भनिरोधक औषधि बदलिरहनुस् शरीरमा हुने हर्मोनको मात्रा परिवर्तनले सेक्सप्रतिको उत्सुकता र लगावमा परिवर्तन ल्याउँछ । लामो समयसम्म एउटै किसिमको गर्भनिरोधक औषधि सेवन गर्नाले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको मात्रा घट्न पुग्छ । जसले मानिसको सेक्सप्रतिको रुचि घटाउँछ । त्यसैले गर्भनिरोधक औषधि र विधिमा परिवर्तन गरिरहनुपर्छ । अन्य औषधि परिवर्तन गर्भनिरोधक औषधिमात्र होइन, रक्तचाप, पेटसम्बन्धी रोग, एन्जाइटी, डिप्रेसनलगायत लामो समयसम्म औषधि खानुपर्ने समस्या भएका मानिसले स्वस्थ यौनजीवनका लागि चिकित्सकको सल्लाहमा बेलाबेलामा औषधिको ब्रान्ड परिवर्तन गर्नुपर्छ । एउटै ब्रान्डको औषधि लामो समय खानाले शरीरमा सेक्स हर्मोनको उत्सर्जनमा कमी आउँछ । घरको काम बाँड्नुस् राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ । ढोका बन्द गर्नुस् सुत्ने बेलामा कोठाको चुकुल लगाउने गर्नुुस् । कहिलेकाहीँ नराम्रो सपना देखेर छोराछोरी तर्सिंदा सीधै तपाईंको कोठामा आउन सक्छन् । ढोका खुला हुँदा घरमा पालेका बिरालो वा कुकुर तपाईंको कोठामा छिर्न सक्छन् । जसले गर्दा तपाईंको सेक्स मुड बिग्रिन सक्छ । सेक्सलाई रुटिनमा राख्नुस् दैनिक क्रियाकलापको सूचिमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ । लुब्रिकेन्ट जगडा राख्नुस् प्राक्क्रीडामा पर्याप्त समय नदिँदा अथवा अन्य कारणले योनि सुक्खा भयो भने महिलाले सेक्सप्रति रुचि देखाउँदैनन् । उनीहरूको कुरा बुझेर लुब्रिकेन्ट अथवा योनि म्वइस्चराइजरको व्यवस्था गर्नुहोस् । सेक्सअघि तनावरहित हुनुस् तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । चिल्लो कम खानुस् चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् । यौनवद्र्धक खाना खानुस् एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । सम्बन्धको निरीक्षण गर्नुस् बेडरुमभित्रको सम्बन्धलाई बेडरुमबाहिरको सम्बन्धले धेरै हदसम्म प्रभावित गर्छ । एउटा फोन कल, सञ्चोबिसञ्चो सोध्ने बानीजस्ता स–साना कुराले दाम्पत्य जीवनमा ठूलो अर्थ राख्छन् । व्यायाम गर्नुस् व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ । स्वास्थ्यबारे सचेत रहनुस् छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ । यौन चिकित्सकलाई भेट्नुस् अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।

Thesex is also an exercise or not?

Thesex  is also an exercise or not?
ओछ्यानमा पसिना आउने गरी सेक्स गर्दा ठूलै व्यायाम गरेको अनुभूति हुन सक्छ । जोडीसँग गरिने यौन कार्यलाई दैनिक ३० मिनेटको व्यायाम भन्न मिल्ला र ? सेक्स र हस्तमैथुन आनन्ददायीमात्रै हुन सक्दैनन्, स्वास्थ्यका दृष्टिले फाइदाजनक हुन्छन् र व्यायामसंग तुलना पनि गर्न सकिन्छ । वास्तवमा सेक्सका क्रममा हुने शारीरिक प्रतिक्रियाहरु व्यायामसंग मिल्दोजुल्दो हुन्छ । सन् १९६० मा गरिएको एक अध्ययनले पनि यौन प्रक्रियामा नियमित सहभागी हुने जोडीको श्वासप्रश्वास, मुटुको चाल र रक्त प्रबाहको दरमा वृद्धि भएको पाइएको थियो । यस्तो स्वास्थ्य लाभ गर्न जोकोहीले पनि छुट्टै व्यायाम गर्नुपर्छ । ‘तर सेक्स गर्दा नै यो फाइदा मिल्छ भने किन सेक्सबाट यो फाइदा नलुट्ने ?’ केही विज्ञरुको तर्क छ । पछिल्ला दिनमा यो अध्ययनको नतिजालाई वैज्ञानिकहरुले फेरि दोहो¥याएका छन् । यौन कार्यले मुटुको चाल तथा रक्तचापजस्ता शारीरिक तनाव वृद्धि गर्ने केही अनुसन्धानकर्ताले औल्याए । तर मनोवैज्ञानिक तनाबको तह अनियमित भएको पछि खुलासा भयो । यौन गतिविधिको औसत समय (३३ मिनेट) न्यून तनाब तहमा खर्चिएको अध्ययनले देखाएको थियोे । क्यानडाका जोडीबीच गरिएको एउटा अध्ययनमा छोटो अवधिमा गरिने यौन गतिबिधि औसत व्यायाम, फटाफट हिडे बराबर हुने पत्ता लागेको थियो । त्यसो भए यौन एउटा व्यायाम हो त ? विज्ञहरु भन्छन, यो व्यायाम हो र होइन पनि । यो तपाईंको व्यायामको परिभाषामा भर पर्छ । यदि तपाइको मनौविज्ञानलाई परिबर्तन गर्छ भने यो सेक्सको पाटो हो । तर व्यायामले मानिसको शारिरिक पक्रियामा हुने परिबर्तनलाई उत्तेजित गर्छ भने यो व्यायाम होइन । माशंपेशीजन्य स्वास्थ्य व्यक्तिको स्वास्थ्यको महत्वपूर्ण तत्व हो । प्रतिरोधी तालिम र अन्य व्यायामबाट स्वस्थ मांसपेशी बनाउन सकिन्छ भन्नेबारेमा हामीलाई धेरै थाहा छ । तर के मांसपेशीय स्वास्थ्य परिवर्तन गर्न सेक्सले पर्याप्त व्यायाम प्रदान गर्छ त ? यसबारे अन्य अध्ययन हुदैछ । हस्तमैथुनबाट कत्तिको व्यायाम हुन्छ त ? यसले मुटुको चाल बढाउने र सिस्टोलिक रक्तचाप बढाउने उल्लेख गरिएको छ । तर सेक्समा जस्तो व्यायाम हस्तमैथुनबाट मिल्दैन । बरु यसलाई हल्का व्यायाम जस्तै हिडडुलसँग तुलना गर्न सकिन्छ । कतिपय अवस्थामा व्यायाम सेक्सका लागि पनि उपयोगी हुन्छ

how many times better sex in a week ?

how many times better sex in a week ?
तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ । अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ । दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त ? तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ । हरेक दिन यौनसम्पर्क गर्ने जोडी यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए । बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे । सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो – सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए । सातामा एक पटक सेक्स औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो । ५० काटेपछि सेक्समा घट्दो रुची ५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्काे एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो । सेक्स गर्ने कुनै नियम हुदैन निश्चय नै सेक्सका लागि कुनै नियम छैन । यौन चाहनालाई नियमले बाँध्न पनि सकिदैन । अवस्था र उमेरले पनि यसलाई प्रभाव पार्छ । जस्तै तपाईका तीन चार वर्ष मुनिका तीन जनाभन्दा बढी सन्तान छन भने तपाईले चाहेर पनि नियमित सेक्स गर्न नसक्नुहोला । त्यस्तै कुनै अकल्पनिय घटना वा पीडामा हुनुहुन्छ भने तपाईको सेक्स आवृत्तिमा पनि अल्पबिराम लाग्ला । कामको थकानमा हुनुहुन्छ भने पनि सेक्सलाई अवश्य प्रभाव पार्छ । तर तपाई भर्खर २१औ बसन्त पार गर्दै हुनुहुन्छ र भर्खरै सम्बन्ध बढाउदै हुनुहुन्छ भने दिनमा एक पटक पनि थोरै हो । तपाईको तन्दुरुस्तीको तह, स्वास्थ्य अवस्था, तनाब, प्रतिबद्धता, करिअरप्रतिको दबाब, डिप्रेसन, उत्तेजना हुन सक्ने क्षमता, लगायत अनगगिन्ती तत्वले सेक्समा प्रभाव पार्छ्

Breast attractive way to make 8

Breast attractive way to make 8
तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तनको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबार राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ । पुराना ब्रा फालिदिनुहोस बारम्बार धोएपछि तपाईको ब्रामा राखिएको रबर धोल्लिएको हुन्छ । झोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार झोल्लिएको ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले लगाएको ब्रा झोल्लिएको छ भने अब मिल्काइदिए नै स्वास्थ्यका लागि राम्रो हुन्छ । तर धेरै टाइट ब्रा भने लगाउनु हुँदैन । रौ नफाल्नुहोस कसैको स्तनको मुन्टोमा रौ पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौ खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ । फिट नहुने ब्रा नलगाउनुहोस आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि नलगाउनुहोस । निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई अशर गर्छ । ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन अशर गर्छ । स्तन वरपर नछेड्नुहोस कतिपय महिलाले स्तनमा टाटु खोपेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल डर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ । निप्पल नतान्नहुोस गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न चाहन्छन्। जर्नल क्लिनिकल ल्याक्टेसियनमा प्रकाशित एक अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ । ब्रा लगाएर नसुत्नुहोस ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ । स्तनमा गिर्खा वा डल्लो त छैन ? स्तनमा मासु पलाएमा चासो दिनुहोसः यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ । त्यस्तै स्तनबाट रगत वगेको छ भने तत्काल चिकित्सककहाँ जानुपर्छ । यदि तपाई आफ्नो स्तनको आकारदेखि दिक्क हुनुहुन्छ र स्तन प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ भने एक पटक राम्रोसँग सोच्नुहोस ।