Monday, May 16, 2016

Police attack peaceful dharnamathi / Alliance dozens injured, five were admitted to the hospital

प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ । झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिए । शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण अचानक आक्रमण गरेको यादवले बताए । युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बूसहित गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगि। त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ । प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ

0 comments: